कञ्चनपुरमा उखुबारीबाट अजिङ्गरको उद्धार

कञ्चनपुर- कञ्चनपुरमा उखुबारीबाट अजिङ्गरको उद्धार गरिएको छ । बेलौरी नगरपालिका-७ बर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट अजिङ्गरको उद्धार गरिएको हो ।

maya metro hospital

मध्य ब्रुमाइज पाइथन प्रजातिको अजिङ्गरको सोमबार साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले बताए ।

उक्त अजिङ्गरको तौल ३५ किलो र लम्बाइ १३ फिट रहेको बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.