बेलौरीबाट लागू औषध सहित २ जना पक्राउ 

maya metro hospital
बेलौरी – कञ्चनपुरको बेलौरीबाट  लागू औषध ब्राउन सुगर सहित २  जना  पक्राउ परेका छन् ।
attariya hospital
सोमबार साँझ इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले १ दशमलव १५ मिलिग्राम ब्राउन सुगर सहित बेलौरी नगरपालिका – १० सडकघाटबाट २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेलौरी नगरपालिका – १० सडकघाटका  विकास चौधरी र सोही ठाउँका  खेम बहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक कृष्ण कुँवरले बताए ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.