खाेज्नुहाेस

बैतडीको सिद्धेश्वर माविद्वारा जेष्ठ नागरिकलाई सम्मान

Image

बैतडी- बैतडीको पाटन नगरपालिका-९ मा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

navjiwan hospital

आज कुशेऔंसी तथा पिता सम्मान दिवस समेत परेकाले विद्यालयको सेवा क्षेत्रभित्र रहेका १४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए । उनीहरुलाई टीका, फूलमाला र ढाकाटोपी लगाएर सम्मान गरिएको छ ।

attariya hospital

सिद्धेश्वर माविले २०७३ सालदेखि हरेक वर्ष कुशेऔंसीका दिन बुवा र मातातीर्थ औंसीका दिन आमाहरुलाई सम्मान गर्दै आएको छ ।