गोदावरीबाट कटुवा पेस्तोल सहित १ जना पक्राउ

अत्तरिया – कैलालीको गोदावरीबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ परेका छन । आइतबार राती प्रहरीले कटुवा पेस्तोल सहित गोदावरी नगरपालिका – ५ गेटा बिस्कुट फ्याक्ट्री नजिक राजपुरका २१ वर्षीय बिरेन्द्र राना पक्राउ परेका हुन ।

maya metro hospital

उनलाई हिडिरहेको अवस्थामा संका लागि चेकजाँच गर्दा उनको साथबाट १ कटुवा पेस्तोल (काठ र फलामले बनेको, खिया लागेको, घरमा बनाएको जस्तो देखिने) फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेका रानालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको जनाइएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.