बैतडी – भारतको दिल्लीमा उपचाररत बैतडीको दशरथचन्द नगरपालिका – १० सतपालीकी १८ वर्षीय बागमती लाबडको उपचारमा आर्थिक समस्या भएको छ । एथलेटिक्स, कबड्डी र भलिबलकी खेलाडी लावडको उपचारमा आर्थिक समस्या भएको बागमतीका दाइ प्रकाश लाबडले बताए । उनले यसअघि भारतको झुलाघाट, पिथौरागढ हुँदै हल्दानीमा उपचारका लागि लगिएको भए पनि त्यहाँबाट रेफर गरेर दिल्ली पठाइएको बताए ।
उनको टाउकोमा समस्या देखिएको छ । दिल्लीको वसन्तविहार अस्पतालमा उनको ६ दिन देखि आइसियुमा राखेर उपचार भइरहेको प्रकाशले बताए ।
उनले परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि दिल्लीमा भोलेनाथ युवा समिति मार्फत सहयोग रकम सङ्कलन गरिरहेको बताए । समितिका अध्यक्ष समेत रहेका उनले भारतबाट सहयोग गर्नको लागि ९६२७३६२५४४ सम्पर्क गरिदिन आग्रह गरे ।
खेलकुदमा अब्बल बागमतीको उपचारका लागि दशरथचन्द नगर खेलकुद विकास समितिका अध्यक्ष भूपेन्द्र चन्दले पनि अपिल गरेका छन् । खेलमैदानमा आफ्नो उपस्थिति जनाउने बागमती अहिले अस्पतालको बेडमा भएकाले उनको जीवन रक्षाका लागि सहयोगको अपिल गरिएको उनले बताए ।
बागमतीको उपचारका लागि नेपालबाट सहयोग गर्न नवीन लाबडको मोबाइल नम्बर ९८४५६१६४३२ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
सहयोगका लागि क्युआर