धनगढी- सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी दिल्लीराज विष्ट अनिवार्य अवकाशमा गएका छन् । सर्वोच्च अदालतबाट तत्काललाई ३० वर्षे सेवा अवधि कायम हुने आदेश भएपछि आइतबारबाट विष्टसहित सुदूरपश्चिमका १३ जना प्रहरी अधिकृत अवकाशमा गएका हुन् ।
प्रदेश प्रहरी कार्यालयका एसएसपी विष्टसहित अवकाश पाएका प्रहरी अधिकृतहरूलाई डिआईजी रविन्द्र केसीसहितका प्रहरी अधिकारीहरूले बिदाइ गरेका थिए ।