खाेज्नुहाेस

गोदावरीमा जुवातास खेलिरहेका आठ जना पक्राउ

Image
navjiwan hospital

ललितपुर- गोदावरीमा जुवातास खेलिरहेका आठ जना पक्राउ परेका छन् । ललितपुरको गोदावरी नगरपालिका-१४ ठैब बस्ने ५२ वर्षीय जगतविर देसारको आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ८ जना पक्राउ परेका हुन् ।

उनीहरूलाई शनिबार राति प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले नगद २ लाख २६ हजार ६ सय २३ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरिएको जनाएको छ । उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।

attariya hospital