कञ्चनपुरबाट काठमाडौँ जादै गरेको बस दुर्घटना : १७ जना घाइते (नामसहित)

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना भएको छ । आज बिहान सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस मुग्लिङ(नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ घुमाउनेमा दुर्घटना भएको हो ।

Karma Consultancy

दुर्घटनामा १७ जना घाइते भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की ४० वर्षीया तारा भट्ट, भीमदत्त–८ का ३७ वर्षीय दिलबहादुर सुनार, २३ वर्षीय समिदेवल राना, भीमदत्त–१७ का ३४ वर्षीय धरम खड्का, भीमदत्त–१० का २० वर्षीय दिपेश भट्ट, कैलालीको लम्किचुहा नगरपालिका–३ की २३ वर्षीया हरिकला थापा, १९ वर्षीय कैलाश विक, २७ वर्षीया कृष्णा विक, ३५ वर्षीया जयन्ती विक र गोदावरी नगरपालिका–१२ का ३७ वर्षीय शेरबहादुर विष्ट घाइते भएका छन् ।

citizen security services

बझाङको बित्थडचिर गाउँपालिका–४ का २२ वर्षीय बसन्त बोहरा, दार्चुलाको महाकाली नगरपालिका–६ का २३ वर्षीय लक्ष्मण बम, भीमदत्त–४ का २३ वर्षीय विनोद सार्की, भीमदत्त–९ का २५ वर्षीय भीमसेन सार्की, बैतडीको दशरथचन्द नगरपालिका–२ का ३७ वर्षीय जनक बिजाली, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ का ३३ वर्षीय देवबहादुर भुल र चितवनको भरतपुर महानगरपालिका–५ का २५ वर्षीय विपिन न्यौपाने घाइते भएको प्रहरीले जनाएको छ।

attariya hospital

घाइते सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । चितवन प्रहरीका अनुसार बस आफै अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.