गौरीगंगामा सर्पले डसेर २ बालिकाको मृत्यु

धनगढी – कैलालीको गौरीगंगा नगरपालिकामा सर्पले डसेर दुई बालिकाको मृत्यु भएको छ । नगरपालिकाको वडा नं. ७ महुलियामा सर्पले डसेर सोही ठाउँका ५ वर्षिया काजल र ६ वर्षिया लिजा घर्तिमगरको मृत्यु भएको हो ।

maya metro hospital

स्थानियका अनुसार शुक्रबार राती सुतिरहेको अवस्थामा दुवै बालिकाहरुलाई सर्पले डसेको थियो । सर्पले डसेपछि दुवै बालिकाहरुको मृत्यु भएको बताईएको छ । यस्तै सोही समयमा बालिकाकी हजुरआमा मेनुका घर्तिमगरलाई पनि सर्पले डसेको स्थानिय धनीराम घर्तिमगरले बताए ।

सर्पले डसेर घाईते भएकी मेनुकाको धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा उपचार भैरहेको बताईएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.