सुदूरपश्चिम गौरा महोत्सवको मिति सारियो

maya metro hospital
धनगढी – सुदूरपश्चिम प्रज्ञा– प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा हुने गौरा महोत्सवको मिति सारिएको छ । यस  अघि भदौ ८, ९ र १० गते हुने भनिएको महोत्सवको मिति भदौ १०, ११ र १२ गते सारिएको सुदूरपश्चिम प्रज्ञा– प्रतिष्ठानले जनाएको छ ।
attariya hospital
प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी र देउडा प्रतिष्ठानका अध्यक्ष दल बहादुर बोगटी जारी जारी सूचनामा विविध कारणवश महोत्सवको मिति सारिएको उल्लेख छ । देउडा महोत्सवको भदौ १० गते दिउँसो २ बजे धनगढीस्थित पुरानो एयरपोर्ट (खुला मञ्च) मा आयोजना हुने जनाइएको छ ।
महोत्सवमा यस वर्ष विद्यालय स्तरिय खुला देउडा प्रतियोगिता आयोजना गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जोशीले बताए। डेउडा प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार १ सय ११, द्वितीय हुनेलाई ७ हजार ७ सय ७७ , तृतीय हुनेलाई ५ हजार ५ सय ५५ र सान्त्वना हुनेलाई ३ हजार ३ सय ३३ नगद सहित प्रमाणपत्र प्रदान गरिने डेउडा प्रतिष्ठानले जनाएकाे छ ।
गौरा महोत्सवमा सहभागी हुनका लागि सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले सबैलाई आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.