मर्स्याङ्दीमा बस खस्यो By अत्तरिया अनलाइन On २०८१ भाद्र ७, शुक्रबार १२:१९ पोखरा- तनहुँको आबुखैरेनी स्थित मर्स्याङ्दी नदीमा बस खसेको छ । पोखरादेखि काठमाडौँका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायका अनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।