बैतडी- बैतडीको दशरथचन्द नगरपालिका-२ मगराउँकी ३५ वर्षीया भावना बोहरालाई सर्पले टोकेको छ । उनलाई बुधबार दिउँसो घर नजिकैको मकैबारीमा घाँस काटिरहेका बेला सर्पले टोकेको हो ।

सर्पको टोकाइबाट घाइते भएकी बोहराको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
