अत्तरिया- कैलालीमा वर्षाका कारण हुलाकी सडकखण्ड अवरुद्ध भएको छ ।
आज दिउँसो अविरल वर्षाको कारण कटैनी नदीको बहाव बढी कैलारी गाँउपालिका-५ पुरानो मनिकापुरस्थित हुलाकी सडकखण्डमा पानीको बहाव बढेर सडकको केही छेउ भत्किएको र पानीको सतह सडकमाथि आउँदा सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।
सडक अवरुद्ध हुँदा ७ वटा सवारी साधन जाममा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त स्थानमा बिओपि खोनपुरबाट ११ जना र इप्रका हसुलियाबाट ७ जनाको टोली खटिएको कैलाली प्रहरीले जनाएको छ ।