धनगढी- कैलालीको धनगढी एयरपोर्ट आसपासमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढी एयरपोर्टमा राखिएको जल मापन यन्त्रले ६ घण्टाको अवधिमा ९७.२ मिलिमिटर वर्षा रेकर्ड गरेको छ ।
कञ्चनपुरको दोधारामा पनि भारी वर्षा भएको छ । दोधारा मौसम मापन केन्द्रमा तीन घण्टाको अवधिमा ४४.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ । दोधारा चाँदनीमा असार अन्तिम साता आरिघोप्टे वर्षा भएको थियो ।