बेलौरी- कञ्चनपुरको अधिकांश क्षेत्रमा बुधबार बिहानैदेखि परेको अविरल वर्षाका कारण विद्युत सेवा अवरुद्ध भएको छ ।
महेन्द्रनगर भई आउने ३३ केभि विद्युत प्रसारण लाइन अन्तरगत लालपुर–कलुवापुरको बिचमा चौधर नदीले विद्युतको पोल बगाउँदा र मैनाह जंगलमा विद्युतीय पोलमा रुख ढल्दा विद्युत सेवा पूर्णरुपले अवरुद्ध भएको हो ।
३३ केभि लाइनमा क्षति हुँदा कञ्चनपुरको शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, लालझाडी, पुर्नवास र बेल्डाँडीमा विद्युत सेवा अवरुद्ध भएको बताइएको छ । नेपाल विद्युत प्राधिकरण शाखा बेलौरीका अनुसार अहिले मर्मत कार्य जारी छ ।
चौधर नदीले बगाएको पोल पुन: निर्माण गर्न भने समय लाग्ने प्राधिकरणले जनाएको छ ।