धनगढीको एक अटो मोटिभ्सको गोदाममा आगलागी By अत्तरिया अनलाइन On २०८१ भाद्र ४, मंगलवार १०:३५ धनगढी- धनगढीको एक अटो मोटिभ्सको गोदाममा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका-२ मा रहेको प्रेम साउदको बागेश्वरी अटो मोटिभ्सको गोदाममा गएराति आगलागी भएको हो । उक्त आगलागी दमकलसहित नगर प्रहरीको टोली खटिई नियन्त्रणमा लिएको जनाइएको छ ।