बैतडीमा पहिरोले एक परिवार विस्थापित, वडा कार्यालय जोखिममा

बैतडी – लगातारको बर्षासंगै खसेको पहिरोले बैतडीको पुर्चौंडीमा एक घरपरिवार विस्थापित भएको छ । पुर्चौंडी नगरपालिका –७ रतोकाका धर्मसिंह बोहराको परिवार विस्थापित भएको हो । ढोल्यामोड–हाट सडक स्तरोन्नतीका क्रममा डबल कटिङ गरेसंगै सडकमाथि रहेको बोहराको घर पहिरोको उच्च जोखिममा परेको छ ।

maya metro hospital

सडक स्तरोन्नतीका क्रममा लगाएको पर्खाल भत्किएपछि घर समेत पहिरोले बगाउने अवस्था आएपछि घर छोडेर छिमेकीको घरमा बस्न थालेको बोहराले बताए । सडक निर्माणका क्रममा लगाएको पर्खालसहित घरतलतिर पुरै पहिरोले बगाएको बोहराले बताए ।

यसैबिच पहिरोले सुर्नया गाउँपालिका –६ को वडा कार्यालय भवन जोखिममा परेको छ । सुर्नया गाउँपालिका वडा नं ६ मूलखटालीस्थित सामुदायिक भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको छ । उक्त भवन पहिरोको जोखिममा परेको कार्यवाहक वडा अध्यक्ष लोकेन्द्रबहादुर कुँवरले बताए । वडा कार्यालय रहेको भवनको माथि र तल दुवैतर्फको पर्खाल भत्किएपछि भवन पहिरोको जोखिममा परेको कार्यवाहक वडा अध्यक्ष कुँवरले बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.