बैतडीमा विद्युत महसुल नतिर्ने ६९२ ग्राहकको लाइन काटियो

बैतडी- बैतडीमा समयमै विद्युत महसुल नतिर्ने ६९२ ग्राहकको लाइन काटिएको छ । लामो समयदेखि विद्युत महसुल नबुझाएका ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए ।

Karma Consultancy
belauri nagarpalika

६ सय ९२ ग्राहकको लाइन काटेर ५६ लाख ३४ हजार ५८३ रुपैयाँ राजस्व संकलन गरिएको उनले बताए । ९३ ओटा सरकारी कार्यालय, ३ ओटा पार्टी कार्यालय र अन्य ५ सय ९६ ग्राहकको लाइन काटिएको थियो ।

citizen security services

लाइन काटिएकामध्ये महसुल बुझाउने ४ सय ९९ ग्राहकको लाइन फेरि जोडिएको छ भने लाइन काटेर पनि महसुल नबुझाउनेहरुको लाइन जोड्न बाँकी रहेको उनले बताए ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.