कञ्चनपुरको भुजेला गाउँ पसेको चितुवा भेटिएन, प्राविधिक फिर्ता

कञ्चनपुर- कञ्चनपुरको भुजेला गाउँ पसेको चितुवा नभेटिएपछि हात्ती र प्राविधिक फिर्ता भएका छन् । जिल्लाको भीमदत्त नगरपालिका-११ भुजेलामा देखिएको चितुवा तीन दिनसम्म फेला नपरेपछि हात्ती र प्राविधिकहरु फिर्ता भएका हुन् ।

maya metro hospital

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद कँडेलले सुरुको दिन देखिएको चितुवा दोस्रो दिनबाट नदेखिएपछि आफ्नै वासस्थानमा फर्केको अनुमान गरिएको बताए । सेही कारण हात्ती र प्राविधिक सबै फिर्ता भएका उनले बताए ।

भुजेलामा शनिबार बिहान चितुवा देखिएको थियो । चितुवा नियन्त्रणमा लिन तीनवटा खोर र खोरभित्र बाख्राका पाठा पनि राखिएका थिए । तर चितुवा खोरभित्र पसेन । सुरुको दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट २ हात्ती परिचालन गरिएकामा दोस्रो दिन २ हात्ती थपेर ४ हात्ती परिचालन गरिएको थियो । तेस्रो दिनसम्म पनि खोजी गर्दा चितुवा नभेटिएपछि सबै टोली फिर्ता भएको बताइएको छ ।

attariya hospital

चितुवा नियन्त्रणमा लिनका लागि डिभिजन वन कार्यालयसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्राविधिकहरु खटिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.