महेन्द्रनगर – कञ्चनपुरको भुजेला गाउँमा चितुवा देखिएपछि हात्तीद्वारा चितुवा नियन्त्रणको प्रयास गरिदै छ । शनिबार बिहानदेखि भीमदत्त नगरपालिका–११ भुजेला क्षेत्रमा चितुवा देखिएको हो । स्थानीयले चितुवा देखेपछी प्रहरी लगायत निकुञ्जको टोलिलाइ खबर गरेका थिए ।
दिउँसो देखि शुक्लफाटा राष्ट्रिय निकुञ्जको हात्ती सहितको प्राविधिक टोली, प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जम्मा भइ चितुवाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पछिल्लो समय कञ्चनपुरका सीमावर्ती र मध्यवर्ती क्षेत्र नजिकका मानव बस्तीमा जंगली जानवर देखिन थालेपछि स्थानीय त्रसित छन ।