बैतडी अस्पताल स्तरोन्नतीको माग गर्दै सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र

बैतडी – जिल्ला अस्पताल बैतडीको स्तरोन्नतीको माग गर्दै ज्ञापन पत्र बुझाईएको छ । अस्पताल व्यवस्थापन समितिले अस्पतालको स्तरोन्नतीको माग गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्कालाई ज्ञापन पत्र बुझाएको हो ।

maya metro hospital

अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वती भट्टले जिल्लाबासीकै तर्फबाट आफुले प्रदेश सरकारका सामाजिक विकासमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताएकी छन । ५० शैय्याको अस्पताल सञ्चालन गर्नका लागि भवन निर्माण भइसकेको भएपनि अस्पताल सञ्चालनका लागि स्वीकृति नपाएकोले अस्पतालको स्तरोन्नती गरी ५० शैय्या सञ्चालनका लागि स्वीकृति दिन माग गरिएको उनले बताईन ।

त्यस्तै, अस्पताल सञ्चालनका लागि आवश्यक विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत गर्न, डिजिटल एक्सरे मेसिन, फिजियोथेरापी स्टेप मेसिन र हड्डी भाँचिएका बिरामीको उपचारका लागि सीएम मेसिन उपलब्ध गराउन उक्त ध्यानाकर्षण पत्रमार्फत माग गरिएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.