कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु By अत्तरिया अनलाइन On २०८१ भाद्र १, शनिबार ०६:४० धनगढी – कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। टीकापुर नगरपालिका–६ की ६५ वर्षीया राजकुमारी बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको हो । शुक्रबार बिहान आफ्नै घरको धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।