अपाङ्गताका सवालमा ट्राफिक प्रहरी र राष्ट्रिय अपाङ्ग महासंघ बिच छलफल

अत्तरिया – सार्वजनिक सवारी समाधान अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका समस्याका विषयमा ट्राफिक प्रहरी र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समिति बिच छलफल भएको छ । मंगलबार अत्तरिया स्थिति राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा दुवै पक्ष बिच सार्वजनिक सवारी समाधान अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका समस्या र समाधानका उपायका बिच छलफल भएको हो ।

maya metro hospital

छलफलमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष मान बहादुर साउँदले सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दा विभिन्न चुनौतीको सामना गर्नु परिरहेको बताए । उनले पछिल्लो समय ट्राफिक प्रहरीबाट केही राम्रा प्रयास भए पनि समग्रमा अझै अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधनमा राज्यबाट पाएका सेवा सुविधा उपभोग गर्न नपाएको बताए ।

उनले अझै पनि अपाङ्गता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारीमा ५० प्रतिशत छुट दिन, सिट आरक्षणको व्यवस्था कार्यान्वयन गर्ने, सम्मानजनक भाषाको प्रयोग लगायतका मुद्दा कार्यान्वयन हुन नसकेकोले त्यसका लागि ट्राफिक प्रहरीलाई सहजिकरण गरिदिन आग्रह गरे ।

attariya hospital

छलफलमा क्रममा बोल्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजीव बस्नेतले सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि प्रहरी सजक रहेको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनमा सहज यात्रा गर्न र राज्यले दिएका सुविधा कार्यान्वयन गर्नको गराउनको लागि प्रदेशका नौ वटै जिल्लामा सर्कुलर गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.