भीमदत्तको एक वडामा शिशु जन्मिए भत्ता, स्थानीयलाई दाहसंस्कार खर्च पनि दिइने

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयले शिशु जन्मिए भत्ता र कसैको निधन भए दाहसंस्कार खर्च उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ देखि वडा कार्यालयले शिशु स्याहार र दाहसंस्कारका लागि अन्त्येष्टि खर्च दिने निर्णय गरेको हो ।

maya metro hospital

वडाध्यक्ष प्रकाश थापाले शिशु स्याहारका लागि जन्मिनेबित्तिकै प्रतिशिशु दुई हजार रुपैयाँ र कुनै वडावासीको मृत्यु भएमा अन्त्येष्टिका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउने बताए ।

वडाध्यक्ष थापाले वडाका नागरिक विपन्न भएकाले शिशु जन्मिए शिशुको स्याहारका लागि रकम उपलब्ध गराउने र कसैको मृत्यु भए अन्त्येष्टिका लागि दाउरा उपलब्ध गराउने निर्णय गरिएको बताए ।

attariya hospital

सो वडामा कुल ५ हजार जनसंख्या रहेको छ । वडाको यो निर्णय साउन १ गतेदेखि नै लागु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.