कैलालीबाट डेढ लाख बढीको अवैध सामान बरामद

अत्तरिया – कैलालीका छुट्टाछुटै स्थानबाट डेढ लाख बढीको अवैध सामान बरामद गरिएको छ । मंगलबार प्रहरीले धनगढी, टीकापुर, कैलारी, भजनी लगायतका क्षेत्रबाट १ लाख ५७ हजार ३७० रुपैयाँ बराबरको अबैध भन्सार छलीको सामान बरामद गरेको हो ।

maya metro hospital

जसअन्तरगत धनगढी उप–महानगरपालिका – ३ बाट अन्दाजी ८० हजार ६५० रुपैयाँ बराबरको बिभिन्न किसिमका कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यसैगरी टीकापुर नगरपालिका – ९ खैरिपुरबाट १८ हजार २ सयको चिनी, प्याज चप्पल बरामद गरिएको छ । सोही वडाको ठोसेबजार नजिक सडक खण्डमा २० हजार २० रुपैयाँ बराबरको चिनी, केराउ, सेतो प्लाष्टिक, रक्षा धागो, पानीपुरी र रिफाईन तेल बरामद गरिएको प्रहरीले जनाएको छ ।

कैलारी गाउँपालिका – ७ मोहनपुर स्थित मोहना नदीको किनारामा रहेको अस्थायी टहरामा अन्दाजी ३२ हजार बराबरको ८ वटा प्लाष्टिक कट्टाहरु र ८० किलो सुकेको खुर्सानी बरामद गरिएको छ । त्यस्तै भजनी नगरपालिका – ५ लालबोझीबाट ६ हजार ५ सय बराबरको सिलिङ पंखाको ब्याट्री ५० थान र DMINI GOLD औषधि प्लास्टिकको बोतल लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.