सुदूरपश्चिमका ५ जिल्लामा आज र भोलि रात्रिकालीन बस सञ्चालन गर्न रोक

अत्तरिया – सरकारले आज (मंगलबार) र भोलि (बुधबार) भारी वर्षा र अति भारी वर्षा हुनसक्ने भन्दै सुदूरपश्चिमका ५ जिल्लामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै जोखिम भएका जिल्लाहरुमा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो ।

maya metro hospital

जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको प्रक्षेपण अनुसार प्राधिकरणले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीमा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाएको छ ।

रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउने निर्णय भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईद्धारा जारी सूचनामा उल्लेख छ ।

attariya hospital

सूचनामा भारी वर्षा हुने प्रक्षेपण गरिएका जिल्लाहरूमा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारको लागि ती जिल्लाहरूका तीनवटै सुरक्षा निकायहरु तयारी अवस्थामा रहन भनिएको छ ।

b

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.