कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु

अत्तरिया- कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदानी नगरपालिका-२ बस्ने २३ वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले बताएको छ ।

Karma Consultancy

उनलाई खेतमा काम गरिरहेका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । बुधबार बेलुकी ५ बजे तिरको समयमा सो वडाका दीपक पन्तको खेतमा बाघ देखिएको थियो ।

citizen security services

स्थानीय पन्तका अनुसार वन, नेपाली सेना, शसस्त्र प्रहरी र प्रहरी टोलीले ड्रोनको सहायताले खोजी गर्दा समेत उखुबारीमा पसेको बाघ नदेखिएपछि उक्त टोली फिर्ता गएको थियो ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.