खाेज्नुहाेस

खुट्टाको उपचारका लागि भीख माग्न बाध्य कञ्चनपुरका सुकराम, सहयोगको अपिल

Image

अत्तरिया – सुकुराम चौधरी बाल्यकालदेखि खुट्टामा भएको घाउको उपचार गर्न नपाएर अहिले बैसाखीको सहारामा हिँडडुल गर्न बाध्य छन् । लालझाडी गाउँपालिका – ३ का सुकुरामको बाल्यकालमै खुट्टामा सानो घाउ भएको थियो । जसको घरेलु उपचार गरिए पनि निको भएन । पछि त्यही घाउ बल्झिँदै गएर अहिले उनको बायाँ खुट्टा नै छोटो भएको छ ।

खुट्टा छोटो भएर बैसाखीको सहारामा हिँडडुल गर्ने सुकुरामा अहिले दिनभरि कैलाली कञ्चनपुरका बजारमा भीख (सहयोग) माग्दै हिँड्ने गरेका छन् ।

attariya hospital

‘दिनभरि बजारमा सहयोग मागेर अहिले दुखाइको औषधी खाने गरेको छु’ सुकरामले भने ‘कसैले उपचारका लागि सहयोग गरिदिन्छन् भन्ने आशा छ ।’

navjiwan hospital

उनी आफै सहयोग रकम सङ्कलन गरेर उपचारका लागि बेलौरी, महेन्द्रनगर हुँदै पोखरासम्म पुगे पनि समस्या भने ज्यू का त्यू छ । ‘गाउँकै एक जना काका नाता पर्ने सँग पोखरा पनि उपचारका लागि गएको थिए’ उनले भने ‘त्यहाँ पनि उपचारका लागि पैसाको जोहो गर्न सकेन । त्यहाँबाट पनि काठमाण्डौं जानुपर्छ भनेपछि पुनः घर आए ।’

उनले उपचारका लागि अस्पतालमा भर्ना हुँदा पनि घरका दाइहरूले सहयोग नगरेको बताए । ‘आमाबुवा बुढा भइसके । दाइहरूले सहयोग गर्दैनन्’ उनले भने ‘वडामा पनि सहयोगका लागि आग्रह गर्दा केही सहयोग पाइएन ।’

उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क उपचारका लागि सहयोग गरिदिन भने वडा कार्यालयले सिफारिस बनाइदिएको छ । त्यसै सिफारिसको कागज देखाएर उनले अहिले बजार बजार डुलेर सहयोग रकम सङ्कलन गर्दै आएका छन् ।

‘बजारमा सहयोग मागेको रकम घर आउन जान दुखाइको औषधी खानमै सकिन्छ’ उनले भने ‘कतैबाट सहयोग पाइए उपचार गर्न सहज हुने थियो भन्ने आशा छ । उनले सहयोग गर्न चाहनेले आफ्नो ९७०७५२४४८९ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।