खाेज्नुहाेस

कञ्चनपुरमा ८ लाखको अवैध सामानसहित १४ मोटरसाइकल नियन्त्रणमा

Image

कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले आठ लाख मूल्य बढीको अवैध सामानसहित १४ वटा मोटरसाइकल नियन्त्रण लिएको छ ।

navjiwan hospital

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले ७ लाख ३५ हजार, इलाका प्रहरी कार्यालय दोधाराले ७२ हजार ८८०, प्रहरी चौकी परासनले ८ हजार ७ सय र अस्थायी प्रहरी पोष्ट मझगाउँले ६ हजार १८० गरी जम्मा ८ लाख २२ हजार ७६० मूल्य बराबरको अवैध सामान नियन्त्रण लिएको हो ।

attariya hospital

भन्सार छलीको चिनी, सलाई, बिडी, तेल लगायत १४ थान मोटरसाइकल बरामद गरी थप कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।