सुर्खेत- जाजरकोटको छेडागाड नगरपालिका-१२ काँडागाउँमा वर्षाका कारण घर भत्किँदा एकै घरका आठ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घरमुली ३५ वर्षीय पदम अधिकारी, १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया सङ्गीता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन् ।


घाइतेहरुको जाजरकोट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

















