खाेज्नुहाेस

अत्तरियाबाट लागू औषध सहित १ जना पक्राउ

Image

अत्तरिया – कैलालीको अत्तरियाबाट लागू औषध सहित एक जना पक्राउ परेका छन । गोदावरी नगरपालिका – २ अत्तरिया लागू औषध सहित डडेल्धुराको परशुराम नगरपालिका – १२ जोगबुडाका ३२ वर्षीय बिनोद घिमिरे पक्राउ परेका हुन ।

navjiwan hospital

बुधबार दिउँसो विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको अनुसन्धान समुहको विशेष टोलीले घिमिरेलाई शंकास्पद रुपले बसी रहेको अवस्थामा फेला पारेर खानतलासी गर्दा उनको साथबाट लागु औषध बरामद गरेको जनाएको छ ।

attariya hospital

जसअन्तरगत Phenergan एम्पुल ८ थान र प्रयोग गरेका Phenergan एम्पुल ४ थान गरी जम्मा Phenergan एम्पुल १२ थान, Buprenorphine Injection एम्पुल ८ थान र प्रयोग भएका Buprenorphine Injection एम्पुल ४ थान गरी जम्मा Buprenorphine Injection एम्पुल १२ थान, प्रयोग गरेका सिरिन्ज २ थान, नगद १ हजार १४० र मोवाईल बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।