अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ तेघरीमा रहेको नेपाली सेनाको ब्यारेक हातामा विद्युतका तार रुखमा छोइदा दुर्घटनाको जोखिम बढेको छ । ब्यारेकको दक्षिण पट्टि विद्युतका तार ब्यारेकको कम्पाउन्ड र सडक किनारमा रहेका रुखमा छोइदा दुर्घटनाको जोखिम बढेको छ ।




विद्युतका तारमा रुखमा छोएकाले दुर्घटनाको अत्यधिक जोखिम रहेको स्थानीय शंकर बलायरले बताए । ‘रुखका हागाहरु विद्युतका तारमा छोइएका छन्’ उनले भने ‘विद्युतका तार रुखमा छोइएको भए पनि सम्बन्धित निकायले वास्ता गरेको छैन ।’
यसैबिच ब्यारेकको अगाडि रहेको विद्युत ट्रान्सफर्मरमा पनि नाङ्गो विद्युतका तार भुईँबाटै छोइने ठाउँमा खुला छोडिदा दुर्घटनाको जोखिम छ ।
ट्रान्सफर्मरको तार जोखिएको बाकस फुटेर तार खुल्ला हुँदा सो क्षेत्रमा पनि करेन्ट लाग्ने जोखिम बढेको स्थानीयले बताएका छन् ।



















