
बैतडी- बैतडीको पाटन नगरपालिका–३ का २१ वर्षीय जनक प्रसाद अवस्थीको जापानमा मृत्यु भएको छ । अध्ययनको सिलसिलामा जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।
उनका आफन्तका अनुसार मंगलबार साथीहरुसँग नुहाउन समुद्री किनार गएका उनको डुबेर मृत्यु भएको हो । लाखौँ ऋण निकालेर अध्ययनसँगै रोजगारीको अवसरका लागि जापान पठाइएका जनकको परिवार छोराको निधनको खबरले विक्षिप्त बनेको छ ।



















