खाेज्नुहाेस

कैलालीबाट लागू औषध कारोबारी सहित २ जना पक्राउ

Image

अत्तरिया – कैलालीबाट लागू औषध कारोबारी सहित २ जना पक्राउ परेका छन् । सोमबार प्रहरीले गौरीगंगाबाट र गोदावरीबाट २ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गौरीगंगा नगरपालिका – ४ राजीपुर स्थित त्रिवेणी टोलबाट लागू औषध कारोबारी नरेन्द्र खडायत भनेर चिनिने सुनिल बहादुर खडायतलाई पक्राउ गरेको छ ।

attariya hospital
navjiwan hospital

लागु औषध हेरोइन कारोबार गर्ने गरेको विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट राजीपुरबाट खटिएको गस्ती टोलीले खडायतलाई पूर्व पश्चिम राजमार्गमा पक्राउ गरेको हो । खडायतलाई सोमबार साँझ सुपप ०१०११ प ७६७० नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा रोकेर चेकजाँच गर्दा मोटरसाइकलको तेल ट्याङ्कीको ढक्कन भित्र ३ ग्राम लागु औषध हेरोइन, २ ग्राम चरेस र १ लाख ५ हजार ५८० रुपैयाँ सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

यसैबिच सोमबार नै इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लागु औषध कारोबार हुने स्थान तथा व्यक्तिहरूको पहिचान खोजतलास गर्ने गोदावरी नगरपालिका – ७ श्रीपुर स्थानीय २८ वर्षीय शेर बहादुर चौधरीलाई पनि पक्राउ गरेको छ ।

उनको साथबाट १३० मिलिग्राम लागु औषध खैरो हेरोइन फेला पारेको प्रहरीको भनाइ छ ।

maya metro hospital