
कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । बेलडाँडी गाउँपालिका–४ घर भई हाल वेदकोट नगरपालिका–७ बस्ने २५ वर्षीय रोहित चौधरी र भीमदत्त नगरपालिका–३ का २८ वर्षीय शुवाश चौधरी पक्राउ परेका हुन् ।
उनीहरुलाई २ दशमलव ०९ ग्राम लागुऔषध खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



















