बाजुरा – पटक पटक पहिरोले अवरुद्ध हुँदै आएको साँफे–मार्तडी सडकमा पहिरो रोक्न त्रिपाल प्रयोग गरिएको छ । वर्षा सँगै पहिरो आउने क्रम नरोकिएपछि बडीमालिका नगरपालिका–९ मा पहिरो रोक्न त्रिपाल प्रयोग गरिएको हो ।


भिरालो जमिनमा पहिरो नरोकिएपछि अन्य विकल्प नहुँदा त्रिपाल हालेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।
सडक डिभिजन कार्यालय साँफेबगरले पहिरो गएको ठाउँमा पर्खाल निर्माण गर्ने भने पनि वर्षाका कारण सम्भव नभएपछि त्रिपाल हालिएको जनाएको छ ।

















