
बेलौरी- बेलौरी नगरपालिका-१ फटियामा वैदेशिक रोजगारीमा रहेका स्थानीय युवाहरूको आर्थिक सहयोगमा शिव मन्दिर निर्माण गरिएको छ ।
वैदेशिक रोजगारीका लागि कोरिया, अष्ट्रेलिया, जापान, मलेसिया, दुबई, कतार, मकाउ लगायतका क्षेत्रमा बस्ने युवाहरूको सहयोगमा उक्त मन्दिरको निर्माण गरिएको हो । करिब ७ लाख रकम सहयोगमा मन्दिर निर्माण गरिएको स्थानीय गजेन्द्र पन्तले बताए ।


















