
धनगढी- धनगढीको बाबा बिजुली भन्डारमा आगलागी भएको छ । प्रहरीका अनुसार धनगढी चौराहमा रहेको बाबा बिजुली भन्डारको गोदाममा आइतबार साँझ आगलागी भएको हो ।
बिजुलीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागी नगरपालिकाको दमकल, प्रहरी र नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । क्षतिको विवरण भने आउन बाँकी छ ।


















