कञ्चनपुर- कञ्चनपुरमा १ लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले करिब एक लाख २ हजार, अस्थायी प्रहरी पोष्ट बन्साहले करिब १० हजार पाँच सय र अस्थायी बिट मझगाउँले करिब ८ हजार ४२० गरेर एक लाख २० हजार ९२० मूल्यको भन्सार छलीको सामान बरामद गरेको हो ।

उक्त मूल्यको पेय पदार्थ, एक थान साइकल, बिडी, सलाई र प्लाष्टिकको डोरी बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।