
सोलुखुम्बु- सोलुखुम्बुमा भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आफ्नै भिनाजु ६० वर्षीय सुरेश बस्नेतको हत्या गरेको आरोपमा थुलुङ दूधकोशी गाउँपालिका-२ देविस्थानका ४५ वर्षीय पूर्णबहादुर बस्नेत शनिबार पक्राउ परेका हुन् ।

पूर्णबहादुरले आफ्नै घरमा पाहुना आएका सोही गाउँपालिका-१ नेले बस्ने सुरेशलाई खुकुरी प्रहार गरी हत्या गरेको र सुरेशको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
