गुल्मी- गुल्मीमा खोलाले बगाएर मुसिकोट नगरपालिका-२ का ३१ वर्षीय बोमबहादुर कार्की बेपत्ता भएका छन् । उनी निस्ती खोला तर्ने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

कार्कीलाई शनिबार बेलुकी इस्मा गाउँपालिका-१ निस्ती खेतबाट फर्किने क्रममा खोलाले बगाएको हो । मुसिकोट नगरपालिका-१ अरेवा घर भई वडा-२ स्थित मामाघरमा बस्दै आएका थिए । उनी ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
