खाेज्नुहाेस

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Image
file photo

काठमाडौँ- कास्कीको पोखरा महानगरपालिका-६ हल्लन चोकमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

navjiwan hospital

आज बिहान ग ३ च ३४५७ नम्बरको हाइलक्स गाडी र ग ११ प ९१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक २६ वर्षीय ईश्वर परियार घाइते भएका थिए ।

attariya hospital

उनलाई गण्डकी मेडिकल कलेज पठाइएकोमा बिहान ६:४३ मा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामको टोलीले हाइलक्स गाडी चालक बर्दियाको ठाकुरबाबा नगरपालिका-८ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका-१७ ड्यामसाइड बस्ने ३० वर्षीय सुशील दहितलाई नियन्त्रणमा लिएको छ ।