
कैलाली- कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–३ कुसमघाटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित टीकापुर नगरपालिका–१ बस्ने ४० वर्षीय लेखराम चौधरी पक्राउ परेका हुन् ।
चौधरीलाई बिहीबार प्रहरी चौकी जनकपुर कैलालीबाट खटिएको प्रहरीले ९ सय ६० मिलिग्राम उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ ।

















