
दैलेख- दैलेखको चौराठी खोलाले बगाएको तीन दिनपछि किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नौमूले गाउँपालिका–६ सल्लेरीको भलायडाँकी १३ वर्षीया प्रमिला मल्ल चौराठीको शव खोलामा फेला परेको हो ।
भलायडाँडाबाट श्रीमेला बनमा बाख्रा गोठाला गएकी मल्ल घाँस काटिरहेका बेला चिप्लिएर खोलामा खसेकी थिइन् ।

















