अत्तरिया – कैलालीबाट लागू औषध सहित २ जना पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका – ७ मोतीचोकबाट लागू औषध सहित ३० वर्षीय नरेश राना र २६वर्षीय रामकृष्ण राना पक्राउ परेका हुन ।

प्रहरीका अनुसार नरेश रानाले चलाएको सुपप्र ०१००९ प ३५९५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सोही मोटरसाइकलमा पछाडी सवार रामकृष्ण रानाको साथबाट ८० मिलिग्राम लागू औषध खैरो हिरोईन बरामद गरिएको थियो ।

मोटरसाइकल सहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।













