खाेज्नुहाेस

बैतडीका ४ स्थानीय तह पहिरोको उच्च जोखिममा

Image
file photo

बैतडी- जिल्ला विपद् व्यवस्थापन समिति बैतडीले तयार पारेको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनामा बैतडीका चार स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।

navjiwan hospital

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक भीमकान्त शर्माका अनुसार दशरथचन्द, मेलौली, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा पहिरोको उच्च जोखिम रहेको हो । उनले स्थानीय तहहरुबाट प्राप्त सूचनाहरुलाई विश्लेषण गर्दै पालिकाहरुमा प्रकोपको स्तर निर्धारण गरिएको बताए ।

attariya hospital

जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ का अनुसार पाटन नगरपालिका, पञ्चेश्वर, सिगास र दोगडाकेदार गाउँपालिकामा पहिरोको मध्यम जोखिम रहेको छ । पहिरोको उच्च जोखिममा रहेका स्थानीय तहहरुलाई तयारी अवस्थामा रहन आग्रह समेत गरिएको छ ।