खाेज्नुहाेस

गोदावरीका मेयरको धम्कीपूर्ण अभिव्यक्ति भर्त्सना योग्य छ : प्रेस चौतारी कैलाली 

Image

अत्तरिया – प्रेस चौतारी नेपाल कैलालीले गाेदावरीका मेयरको धम्कीपूर्ण अभिव्यक्ति भर्त्सना योग्य रहेको जनाएको छ । शनिवार चौतारीले एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारलाई समाचार लेखेकै कारण धम्क्याउने र त्रसित बनाउने जस्ता अभिव्यक्ति दिनु भर्त्सना योग्य रहेको जनाएको हो ।

प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष भानुभक्त आचार्यद्वारा जारी विज्ञप्तिमा नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति प्रेस चौतारी कैलालीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

attariya hospital
navjiwan hospital

‘नगर प्रमुख भट्टको अभिव्यक्तिको निन्दा गर्दै मिडियामा प्रकाशित विषयवस्तुप्रति असहमति भए कानुनी प्रक्रिया अपनाउन सकिने व्यवस्था हुँदाहुँदै नगरप्रमुख जतिको जिम्मेवार पदमा बसेको व्यक्तिबाटै पत्रकारलाई समाचार लेखेकै कारण धम्क्याउने र त्रसित बनाउने जस्ता अभिव्यक्ति दिनु भर्त्सना योग्य छ’ विज्ञप्तिमा भनिएको छ ‘प्रकाशित समाचारमा कुनै असहमति भए त्यसको लागि कानुनी विधि अपनाउन सबै सम्बन्धित निकायहरूलाई सचेत बनाउँदै पत्रकारमाथि दिइएको त्यस्तो धम्कीपूर्ण भाषा र अभिव्यक्ति तत्काल सच्याउन मेयर भट्टसँग माग गर्दछौँ।’

मेयर भट्टले अत्तरिया अनलाइनले बिहीबार प्रकाशित गरेको समाचारका विषयमा धम्कीपूर्ण अभिव्यक्ति दिँदै ‘म मेयरको पदमा छु जिम्मेवार पदमा छु । मैले बिर्सिन नपरोस् की म मेयर हो । पत्रकार साथीहरूले पनि आफूले नराम्रो काम नगर्ने कहिलेकाहीँ वहाँलाई पनि हामीले यो पत्रकार हो भनेर चाही बिर्सनुपर्ने अवस्था नआओस्’ भन्ने अभिव्यक्ति दिएका थिए ।

अत्तरिया अनलाइनले बिहीबार ‘गोदावरीको निःशुल्क शव वाहनले शव बोकेबापत लियो २ हजार शुल्क’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार गलत भएको भन्दै मेयर भट्टले धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।