बैतडीकी नेहाको सुविधा सम्पन्न अस्पतालमा उपचारको व्यवस्था मिलाउन माग

अत्तरिया – बैतडीमा २ बुदे माग राख्दै जिल्ला प्रशासन कार्यालय बैतडीमा ज्ञापन पत्र बुझाइएको छ । बिहिबार जिल्लामा क्रियाशिल ५ वटा संघ सस्थाहरुले पञ्चेश्वर घटनाका दोशिलाई कानुनको दायरामा ल्याएर कडा कार्वाही गरी घाइते नेहा लुहारको छिटो भन्दा छिटो सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन ।

maya metro hospital

दलित विकास मञ्च बैतडीकी सरस्वती नेपाली, दलित महिला सचेतना समाजकी सीता दयाल, दलित महिला संघ फेडोकी गीता सिनाल, मानवअधिकार एलाइन्सकी लिला ठगुन्न र जनअधिकार अभियान नेपालका कर्ण दयालद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा जघन्य अपराधिक घटनाको भत्र्सना र निन्दा गरिएको छ ।

joshi vada pasal 2

ज्ञापन पत्रमा भनिएको छ ‘यस्तो अमानीय दर्दनाक नर संहार भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको छ । यस्तो जघन्य अपराधको घोर भत्र्सना र निन्दा गर्दर्छौ ।’

पञ्चेश्वर गाउँपालिका ४ सैलोडाकी २१ बर्षीया माया लुहारको मंगलबार घाटी रेटेर हत्या गरिएको थियो । उनकी भदै १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी थिइन् । घाइते नेहाको हाल डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.