बाजुरामा मतगणना सुरु

बाजुरा – बाजुरामा मतगणना सुरु भएको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा मतदानस्थलमा विवाद भएपछि रोकिएको मतगणना ११ दिनपछि सुरु भएको हो ।

maya metro hospital

मार्तडीस्थित जिल्ला प्रशासन कार्यालयको नव निर्मित भवनमा मतगणना भइरहेको छ । मतगणना स्थल बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

joshi vada pasal 2
raunak fals and silling

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना सुरु गर्न बुधबार निर्णय गरेको थियो। तर, दलहरुबीच सहमति जुट्न नसक्दा मतगणनामा ढिलाइ भएको हो ।

आयोगले मतगणनाको निर्णय गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले तीनपटक सर्वदलीय बैठक बोलाएको थियो। दुई पटक बसेको बैठक निष्कर्षविहीन बनेपछि बिहिबार बिहान तेस्रो पटक बसेको बैठकले मतगणनाका लागि सहमति जुटाएको हो ।

निर्वाचनका क्रममा मतदानस्थलमा झडप भएपछि दुईजनाले ज्यान गुमाएका छन् । सोही विषयलाई लिएर कांग्रेस र एमालेका कार्यकर्ताबीच उत्पन्न विवादले मतगणना प्रभावित भएको थियो ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.