गोदावरीका लवदेव भट्टलाई ठक्कर दिएर फरार भएका जीप चालक पक्राउ

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाका ३६ वर्षीय लवदेव भट्टलाई ठक्कर दिने जीप चालक पक्राउ परेका छन । शनिबार राती ८ बजेको समयमा पुर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा पैदल हिडिरहेका भट्टलाई ठक्कर दिएर फारार भएका चालक पक्राउ परेका हुन ।

maya metro hospital

पक्राउ पर्नेमा यूए ०४१७७९ नम्बरको स्कारपिओ (जीप) का चालक भीमदत्त नगरपालिका–७ का करन चन्द रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जीपको ठक्करबाट घाइते भएका भट्टको सोही दिन सेती प्रादेशिक अस्पताल धनगढी मृत्यु भएको थियो ।

joshi vada pasal 2

प्रहरीले सुरुमा ठक्कर दिने सवारी साधनको नाम समेत खुल्न नसकेको जनाएको थियो । त्यसपछि स्थानीयल दवाव दिन आइतबार गोदावरी ३ चौकीडाँडामा सडक अवरुद्ध समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.